मौसम प्रभाव : त्रिभुवन विमानस्थलमा विमान अवतरण अवरुद्ध, १५२ उडान प्रभावित
मौसम प्रभाव : त्रिभुवन विमानस्थलमा विमान अवतरण अवरुद्ध, १५२ उडान प्रभावित
काठमाडौं । मौसममा आएको परिवर्तनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण अवरुद्ध भएको छ । अहिले विमान अवतरण हुन सकेका छैनन् । कतिपय विमानहरू अवतरण हुन नपाएपछि आकाशमा होल्ड भइरहेका छन् ।
विशेषगरी साउदी अवरको दमामबाट आएको विमान निजगढको आकाशमा होल्ड भइरहेको छ । यता, विराटनगरबाट आएको बुद्ध एयरको विमान आकाशमा फन्का लगाइरहेको छ ।
यस्तै, जनकपुरबाट काठमाडौं आउँदै गरेको विमान पनि आकाशमा फन्का लगाइरहेको छ भने ग्वान्जाउबाट काठमाडौं आउँदै गरेको विमान निजगढको आकाशमा होल्ड छ । हाल उडान र अवतरण दुवै अवरुद्ध छन्। खराब मौसमका कारण १५२ उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।













