१० श्रावण २०८३, आइतबार

जेनजी आन्दोलनको कहर : सवारी लाइसेन्स सेवा अझै अवरुद्ध

जेनजी आन्दोलनको कहर : सवारी लाइसेन्स सेवा अझै अवरुद्ध



काठमाडौं । यातायात व्यवस्था विभागका सेवाहरु अझै ठप्प छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा आगजनी भएको थियो । त्यसपछि नै विभागका सेवाहरू ठप्प छन् ।

कार्यालयका उपकरण, सफ्टवेयर र लाइसेन्स छपाइ गर्ने मेसिन क्षतिग्रस्त भएका कारण सेवाहरू प्रभावित भइरहेकाले आम सर्वसाधारणले सवारी लाइसेन्सका लागि आवेदन र नविकरण गर्न सकेका छैनन् ।

विभागले आगामी आइतबारदेखि नियमित सेवा सुरु गर्ने तयारी गरेको छ । तर, लाइसेन्स छपाइ कार्य पुन: सुचारु हुन अझ समय लाग्ने जनाएको छ । प्रदेश स्तरमा आवेदन र परिक्षा भने सञ्चालनमा राखिने विभागले जनाएको छ । हाल करिब २६ लाख चालक लाइसेन्सको पर्खाइमा रहेका छन् ।