३८ दिनदेखि आन्दोलनमा धितोपत्र बोर्डका कर्मचारी, सबै काम ठप्प
३८ दिनदेखि आन्दोलनमा धितोपत्र बोर्डका कर्मचारी, सबै काम ठप्प
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा कर्मचारी आन्दोलनका कारण ३८ दिनदेखि सबै सेवा ठप्प छन् । बोर्डमा हकप्रद सेयर, आईपीओ आवेदन, बोनस सेयर दर्ता लगायतका काम रोकिन पुगेका छन् ।
अर्थ मन्त्रालयले असोज २ गते गरेका तीन निर्णयको विरोधमा कर्मचारी आन्दोलनमा छन् । मन्त्रालयको निर्णयमा कर्मचारी कोष खारेज गर्ने, विगतमा भुक्तानी भएको रकम असुल गर्ने प्रक्रिया सुरु गर्ने र कुनै आर्थिक निर्णय पूर्वअनुमति लिनुपर्ने व्यवस्था रहेका छन्।
कोष खारेज भएपछि उनीहरूको वार्षिक सुविधा कटौती हुने र बोर्डको स्वायत्तता समेत घट्ने भएकाले आन्दोलन अपरिहार्य भएको बोर्ड कर्मचारी युनियनले जनाएको छ ।
बोर्डका सञ्चालक समितिले कानुनी मार्ग अपनाउन सुझाव दिएका छन् । तर, कर्मचारीहरू समस्या समाधान नभएसम्म काम ठप्प राख्ने बताएका छन् ।













