पुनः लयमा फर्कियो सेयर बजार, नेप्से ३४ अंकले बढ्दा साढे ७ अर्बकाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पुनः लयमा फर्कियो सेयर बजार, नेप्से ३४ अंकले बढ्दा साढे ७ अर्बकाे काराेबार



काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन बिहिबार सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि देखिएकाे छ ।

आज सेयर बजार मापक नेप्से पिरसूचक २७.४९ अंकले घटेर २५ सय ९३ दशमलव ६६ बिन्दुमा रोकिएको छ । यस साता लगतार बढेकाे नेप्से परिसूचक हिजाे ५.१७ अंकले घटेकाे थियाे ।

यस्तै आज सेयर काराेबारमा पनि उत्साह देखिएकाे छ । यसदिन ३१९ कम्पनीकाे २ कराेड ६० लाख १० हजार ७१८ कित्ता सेयर ७ अर्ब ५१ कराेड ३९ लाख ३८ हजार रूपैयाँका काराेबार भएकाे छ ।

हिजाे तीन सय २१ वटा कम्पनीका एक करोड १५ लाख कित्ता शेयर पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँमा किनबेच भएकाे थियाे ।

आज म्युचुअल फण्ड बाहेक सबै समुहका सेयर बढेका छन् । यसदिन सबैभन्दा बढी जलविद्युत समुह २.६७ प्रतिशतले बढेकाे छ भने जीवन बीमा १.८०, निर्जीवन बीमा १.७५, उत्पादन तथा प्रशाेधन १.७४, फाइनान्स १.६०, माइक्राेफाइनान्स १.६०, लगानी समुह १.३५, विकास बैंक १.२३ र अन्य समुह १.६ प्रतिशतले बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्