१० श्रावण २०८३, आइतबार

सहकारी ठगी प्रकरण : रवि र छविको मुद्दाको सुनुवाइ फेरि स्थगित

सहकारी ठगी प्रकरण : रवि र छविको मुद्दाको सुनुवाइ फेरि स्थगित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दाको आज हुने सुनुवाइ फेरि स्थगित भएको छ ।

सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको हो ।

उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा दुवैको मुद्दा पेशीमा परेको थियो । तर, जोशीका तर्फबाट सुनुवाइ स्थगित गर्न निवेदन परेपछि सारिएको हो । अब अर्को बिहीबार सुनुवाई हुने अदालतले जनाएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने र जोशी दुबै पुर्पक्षका लागि थुनामा रहेका छन्। उनीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । लामिछाने र जोशी दुवैले समान अनुपातको बिगो रकम (२ करोड ७४ लाख ८४ हजार रुपैयाँ) जमानतका रूपमा दाखिला गरेका छन् ।

हाल लामिछानेलाई भैरहवाबाट ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भैरहवा कारागारमै छन् ।