अदालतको अपहेलना र विद्युतीय कारोबार मुद्दा : खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न आदेश
अदालतको अपहेलना र विद्युतीय कारोबार मुद्दा : खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न आदेश
काठमाडौं । जिल्ला अदालत काभ्रेपलाञ्चोकले अदालतको अपहेलना र विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ परेका खगेन्द्र सुनारलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्दै स्टाटस लेखेको र लाइभ प्रसारणमार्फत गालीगलोज गरेको आरोपमा उजुरी परेपछि उनको विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो ।
फरार सूचीमा रहेका सुनार बिहीबार बिहान आफैं अदालतमा उपस्थित भएका थिए । बयानपछि भएको थुनछेक बहसमा उनको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनालसहित सात जना कानुन व्यवसायीले बहस गरेका थिए ।













