१० श्रावण २०८३, आइतबार

आज रातिदेखि भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

आज रातिदेखि भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह



काठमाडौं । देशका विभिन्न भागमा दिनभर मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका मौसमविदका अनुसार पछिल्ला २४ घण्टामा ४० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । जुन मध्यम वर्षा मानिन्छ । ५० मिलिमिटर नाघेपछि मात्रै भारी वर्षा भनिन्छ । आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।

अहिले बागमती, कोशी र मधेस प्रदेशमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र लुम्बिनीका केही स्थानमा फाटफुट पानी परेको छ । गण्डकी र बागमती प्रदेशका उच्च हिमाली क्षेत्रहरूमा हिमपात समेत भएको जनाइएको छ ।

विभागका अनुसार बुधबारदेखि सुरु भएको वर्षा कात्तिक १५ गते शनिबारसम्म जारी रहने अनुमान छ । विभागले वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

कृषकहरूलाई पनि सावधानी अपनाउन सुझाव दिइएको छ । अहिले धान काट्ने समय भएकाले मौसम सुधार भएपछि मात्रै काट्न सुझाव दिइएको विभागले जनाएको छ ।