१० श्रावण २०८३, आइतबार

‘जेनजी सुधार कार्यक्रम’ कार्य योजना ल्याउँदै सरकार

‘जेनजी सुधार कार्यक्रम’ कार्य योजना ल्याउँदै सरकार



काठमाडौं । सरकारले ‘जेनजी सुधार कार्यक्रम’ नामक कार्य योजना तयारी गरेको छ ।

गत भदौ २२ र २३ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना र क्षतिको समग्र मूल्याङ्कन गर्दै सुधार योजना बनाउन लागेको छ ।

मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले यस्तो निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कार्य योजना तयार गरी कार्तिक १६ भित्र पेस गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ ।

बैठकले आन्दोलनबाट प्रभावित क्षेत्रहरूमा राहत, पुन:स्थापना र पूर्वाधार पुनर्निर्माणका कार्य तीव्र बनाउन तथा जनधनको क्षतिको विस्तृत विवरण राष्ट्रिय योजना आयोगको अनलाइन पोर्टलमा अभिलेख गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै विद्यालय, स्वास्थ्य संस्था, आवास र सार्वजनिक संरचनाको पुनर्निर्माण तुरुन्त सुरु गर्ने र आवश्यक स्रोत–जनशक्ति परिचालन गृह मन्त्रालयको संयोजनमा अघि बढाउने निर्णय गरिएको छ ।