१० श्रावण २०८३, आइतबार

नयाँ राजदूत नियुक्ति नगर्ने

नयाँ राजदूत नियुक्ति नगर्ने



काठमाडौं । सरकारले हाल रिक्त रहेका राजदूत पदमा नयाँ नियुक्ति नगर्ने भएको छ ।

सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार अहिलेको सरकार अन्तरिम प्रकृतिको भएकाले दूतावासका कामहरू दोस्रो तहका कर्मचारीहरूले सञ्चालन गर्नेछन् ।

सरकारले ११ देशका राजदूत फिर्ता गरेको छ । राजदूतको भूमिका माथि गरिएको मूल्याङ्कन र निर्वाचनको समयमा प्रशासनिक स्थिरतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताइएको छ