मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु
मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु भएको छ । दुईदिनदेखिकाे अविरल वर्षाले तुइन खोला पुल नजिक खसेपछि सडक अवरूद्ध भएकाे थियाे ।
ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएकाे छ।
बाेटाे खुले पनि तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेकाले सडकको अवस्था बुझेर मात्र गन्तव्यमा जान र सावधानीका साथ सवारी साधन चलाउन कार्यालयले अनुरोध गरेको छ ।













