नेपाल सेयर बजार लगानीकर्ता संघमा नयाँ कार्यसमिति चयन, यी हुन् नवनिर्वाचित पदाधिकारी र सदस्य
काठमाडौं। हरिबहादुर केसीको अध्यक्षतामा नेपाल सेयर बजार लगानीकर्ता संघमा नयाँ कार्यसमिति निर्वाचित भएकाे छ ।
संघकाे प्रथम वार्षिक साधारण सभाले आगामी २ वर्षका लागि हरिबहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे।
समितिकाे वरिष्ठ उपाध्यक्षमा किशोर पौडेल, उपाध्यक्षमा ई.भगवान बहादुर राउत, महासचिवमा खगेन्द्र राज कँडेल (रविन), सचिवमा भुवन ढकाल र कोषाध्यक्षमा मछिन्द्र बस्नेत निर्वाचित भएकाे छन्।
यस्तै सदस्यहरूमा विवेक श्रेष्ठ, मिना भट्ट, ऋषिराज भेटवाल, कीचस् चित्रकार, विष्णु बहादुर सिलवाल, अशोक शाह कानु र राजु प्रसाद पौडेल चयन भएका छन्।
नयाँ कार्यसमितिले लगानीकर्ताको अधिकार सुनिश्चित गर्दै पुँजी बजारलाई पारदर्शी र मर्यादित बनाउने प्रतिबद्धता जनाएको छ।













