१० श्रावण २०८३, आइतबार

राष्ट्रपति कार्यालयमा तोडफोड प्रकरण: तीन युवा पक्राउ

राष्ट्रपति कार्यालयमा तोडफोड प्रकरण: तीन युवा पक्राउ



काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको तोडफोड र लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा बैतडीका १८ वर्षीय विशाल सिंह कार्की, १९ वर्षीय दीपक बोहरा र बझाङका १९ वर्षीय हेमन्त बोहरा रहेका छन् । उनीहरूलाई चोरी र आपराधिक उपद्रव सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा उनीहरूले शीतल निवासमा तोडफोड र आगजनी गर्नुका साथै कार्यालयभित्रका सामग्री चोरेको आरोप लगाइएको छ । प्रहरीले उनीहरूको साथबाट प्रिन्टर, वाइफाइ राउटरलगायत उपकरण बरामद गरेको जनाएको छ । हाल प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ ।