१० श्रावण २०८३, आइतबार

थापाथली राम मन्दिर परिसरमा गैरकानुनी संरचना भत्काइयो

थापाथली राम मन्दिर परिसरमा गैरकानुनी संरचना भत्काइयो



काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रुपमा निर्माण गरिएको संरचना डोजर चलाएर भत्काएको छ ।

महानगरका अनुसार सम्पदा क्षेत्र अधिकरण गरी बनाइएको यी संरचनाहरू गैरकानुनी भाडामा लगाइएको भन्दै हटाइएको हो। यससँगै महानगरले सम्पदा क्षेत्र खुला र व्यवस्थित बनाउने योजना अघि सारेको छ ।

आजै महानगरले सार्वजनिक सम्पत्ति अतिक्रमण गरेर बनाइएका संरचनाहरू खाली गर्न चेतावनीसमेत जारी गरेको थियो ।