जुवा खालबाट नगदसहित २६ जना पक्राउ
जुवा खालबाट नगदसहित २६ जना पक्राउ
काठमाडौं । दाङ, महोत्तरी र झापाबाट प्रहरीले जुवातास खेल्ने २६ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट कुल २ लाख ६२ हजार ८०० रुपैयाँ बरामद भएको छ ।
दाङको घोराही–१८ स्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा जुवा खेलिरहेको अवस्थामा ३२ वर्षीय विर बहादुर बुढा मगरसहित ५ जनालाई पक्राउ गरिएको छ । उनीहरूका हातबाट नगद ५५ हजार २०० रुपैयाँ र १२ बुक तास बरामद गरिएको छ ।
महोत्तरीको बर्दिबास–५ टुटेश्वर मन्दिरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा ३८ वर्षीय टिका बहादुर किङरिङसहित १२ जना पक्राउ परेका थिए । उनीहरूका हातबाट १ लाख ३२ हजार रुपैयाँ र २६ थान कौडा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
झापाको बिर्तामोड–४ मा राज कुमार साहको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीसहित ९ जना पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीले उनीहरूका हातबाट ७५ हजार ६०० रुपैयाँ र ७ बुक तास बरामद गरेको जनाएको छ ।













