नेप्सेमा एक कम्पनीको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत
नेप्सेमा एक कम्पनीको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत
काठमाडौं । पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ५० प्रतिशत बापतको हकप्रद सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर सूचीकृत गराएको छ ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।













