काठमाडौं उपत्यकाका यी क्षेत्रमा क्यूमा चलिरहेका छन् सवारी साधन
काठमाडौं उपत्यकाका यी क्षेत्रमा क्यूमा चलिरहेका छन् सवारी साधन
काठमाडौं । काठमाडौँ उपत्यकाका केही स्थानमा ट्राफिक जाम छ ।
यतिबेला सिंहदरबार, माइतिघर, थापाथली, जमल, केशरमहल, लैनचौर, गल्कोपाखा, जयनेपाल र नागपोखरी क्षेत्रमा सवारी साधन अहिले क्युमा चलिरहेका छन् ।
अन्य मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापनका कारण केही समय सवारी रोकिनु पर्ने अवस्था रहेको मेट्रो ट्राफिक एफएमले जनाएको छ ।
भक्तपुर–साँगा स्थित झोलुङ्गेपुल नजिकको सडक वर्षाका कारण हिलोले चिप्लो हुँदा काभ्रेपलाञ्चोकतर्फ जाने ठूला सवारी साधन नाला हुँदै पठाइएको छ । साना सवारी साधन र काभ्रेपलाञ्चोकबाट आउने सबै सवारी भने सामान्य रूपमा चलिरहेका छन् ।
यसैगरी, फाखेल मार्गमा पहिरो खस्दा सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ । बिपि राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा गएराती खसेको पहिरोका कारण भकुण्डेवेशी, काभ्रेभञ्ज्याङ र धुलिखेलमा सवारी रोकिएको छ । अन्य नाकाहरूमा सवारी आवागमन सामान्य रहेको छ ।













