तुइनखोला र मुग्लिङ–मलेखु खण्डमा सकभर यात्रा नगर्न आग्रह
तुइनखोला र मुग्लिङ–मलेखु खण्डमा सकभर यात्रा नगर्न आग्रह
काठमाडौं । नारायणगढ–मुग्लिङ सडक खण्डको तुइनखोला लगायत पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–मलेखु खण्डका विभिन्न स्थानहरुमा हिजो साँझदेखी लगातार स–सानो पहिरो गइरहेको छ ।
तर, हाल पहिरो पन्छाई सवारी आवागमन सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
तर, वर्षा नरोकिएको खण्डमा पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था समेत रहेकोे सूचनामा उल्लेख छ ।
उक्त सडक खण्डमा अत्यावश्यक परेको अवस्था बाहेक सकभर आज यात्रा नगन अनुरोध गरेको छ । उक्त सडक खण्डमा सवारी आवागमन रोक्नुपर्ने परिस्थिति श्रृजना हुने तर्फ समेत ध्यानाकर्षण सहित थप सावधानी एवं सतर्कताका लागि अपिल समेत गरेको छ ।














