१० श्रावण २०८३, आइतबार

विद्युतीय खरिद प्रणालीमा देखिने चाप घटाउन पहल, समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह

विद्युतीय खरिद प्रणालीमा देखिने चाप घटाउन पहल, समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (इ–जीपी) मा देखिने अत्यधिक चापका कारण उत्पन्न समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ ।

कार्यालयका अनुसार धेरैजसो बोलपत्रदाता अन्तिम समयमा मात्रै बिड समिट गर्ने भएकाले एकैपटक प्रणालीमा भार बढ्ने र प्राविधिक समस्या देखा पर्ने गरेका छन् । यसले बोलपत्र प्रक्रियामा जटिलता ल्याउने र बोलपत्र छुट्ने जोखिम बढाउने हुँदा यससम्बन्धी गुनासा बढ्दै गएको कार्यालयले जनाएको छ ।

‘यदि सर्भरमा समस्या आएर कुनै प्रयोगकर्ताले पहुँच नै नपाए मात्र म्याद थप गरिनेछ । तर अन्तिम समयमा प्रणाली ढिलो भएको कारण मात्र म्याद थप गर्न नमिल्ने भन्दै समयमै बिड समिट गर्न सबै सहभागीलाई आग्रह गरिएको छ’, कार्यालयले भनेको छ ।