तेह्रथुम पावरको नाफामा दोहोरो अंकमा वृद्धि, तीन महिनामै बेच्यो ८ करोड २३ लाखको बिजुली - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तेह्रथुम पावरको नाफामा दोहोरो अंकमा वृद्धि, तीन महिनामै बेच्यो ८ करोड २३ लाखको बिजुली



काठमाडौं । तेह्रथुम पावरको नाफामा दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीले तीन महिनामै साढे ५ करोड खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ५ करोड ६२ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ ।यो गत आवको तुलनामा भने २२.१९ प्रतिशत बढी हो । गत आवको पहिलो तीन महिनामा कम्पनीले ४ करोड ६० लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

तीन महिनामा कम्पनीले ८ करोड २३ लाख रुपैयाँ बराबरको बिद्युत बिक्री गरेको छ । यता, वित्तीय खर्च पनि आधा घटाएर १ करोड ३ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । कम्पनीले जगेडा कोष भने ३१ लाख रुपैयाँ ऋणात्मक छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २८.१२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ९९.६१ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्