१० श्रावण २०८३, आइतबार

लाइसेन्स नवीकरण र भेरिफिकेसन सेवा सामान्य रूपमा सुचारु

लाइसेन्स नवीकरण र भेरिफिकेसन सेवा सामान्य रूपमा सुचारु



काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर आइतबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ ।

विभागका अनुसार चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण तथा भेरिफिकेसन सेवा सामान्य रूपमा उपलब्ध छ ।

बकगत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा विभागको कार्यालयमा ठूलो क्षति पुगेको थियो । त्यसपछि विभागका धेरै सेवाहरु रोकिएका थिए । सर्भर सञ्चालनमा आउँदा कम्तीमा लाइसेन्स सम्बन्धी केही आधारभूत सेवा फेरि सुचारु भएको छ ।

यातायात सेवा आंशिक रूपमा सुचारु, लाइसेन्स नवीकरण र भेरिफिकेसन