२५ भदौ २०८३, बिहिबार

नेप्सेका कामू नायब प्रमुख कार्यकारी अधिकृत फुँयालले दिए राजीनामा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कामू नायब प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले पदबाट राजीनामा दिएका छन् ।

उनले गत असोज १० गते नै राजीनामा दिएका हुन् । नेप्सेको आइतबार बसेको सञ्चालक समितिको बैठकले फुँयालको राजीनामा स्वीकृत गरेको बताइएको छ । उनको राजीनामा कार्तिक १९ गते (बुधबार) देखि लागू हुने गरी स्वीकृत गरिएको हो ।