अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको मृत्यु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको मृत्यु



काठमाडौं । अफगानस्थानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

सोमबार बिहान उत्तरी अफगानिस्तानको मजार–ए शरीफ शहर नजिकै उक्त भूकम्प गएको हो ।

तालिबानको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म मृत्युको संख्या २० जना पुगेको र ३२० जना घाइते भएको तथ्यांक सार्वजनिक गरेको छ । खोज र उद्धार कार्य जारी छ भने मृतक तथा घाइतेको संख्या बढ्ने अनुमान गरीएको छ ।

फगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले जनहानि र क्षतिको विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाएको छ।
बाल्ख प्रान्तका प्रवक्ता हाजी जायदका अनुसार भूकम्पले मजार–ए–शरीफको प्रसिद्ध नीलो मस्जिद (ब्लु मोस्क) रहेको पवित्र दरगाहको केही भाग पनि नष्ट गरेको छ।

५ लाख २३ हजार जनसंख्या रहेको मजार–ए–शरीफमा धेरै बासिन्दाहरू रातको बीचमा घर भत्किने डरले सडकमा निस्किएका थिए ।


प्रतिक्रिया दिनुहोस्