माबिलुङ्ग इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता सेयर सूचीकरण भएको हो ।
कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शसयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता सेयर सूचीकृत गराएको छ ।
अब उक्त सेयर भोलि अर्थात् कात्तिक १८ गतेको स्पेशल प्रि–ओपन सेसनमा कारोबार हुनेछ । त्यसपश्चात नियमित बजारमा कारोबार हुनेछ ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । कम्पनीले एमएबीईएल स्टक टिकर पाएको छ ।













