सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्रीको जोड, स्पष्ट कार्ययोजना बनाउन निर्देशन
सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्रीको जोड, स्पष्ट कार्ययोजना बनाउन निर्देशन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी सबै मन्त्रालयहरूले स्पष्ट कार्ययोजना (ब्लुप्रिन्ट) तयार गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएकी छिन्।
उनले सोमबार सिंहदरबारमा अन्तरिम सरकार गठनपछि भएका कार्यहरूको प्रगति विवरण सुनेर यस्तो निर्देशन दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेका आन्दोलनका मर्म र भावना अनुसार अहिलेको आवश्यकता भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र प्रभावकारी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताइन्।
त्यसैगरी, उनले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन र सार्वजनिक कोषको सदुपयोग प्रभावकारी तथा नतिजामुखी बनाउने निर्देश दिइन्।
उनका अनुसार निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरण सुधारका लागि संवाद, सहजीकरण र सहकार्य आवश्यक छन्।
प्रधानमन्त्री कार्कीले कर्मचारीको सरुवा र बढुवाको प्रक्रिया पारदर्शी, अनुमानयोग्य र न्यायसंगत बनाउन आवश्यक सुधारात्मक कदम चाल्न पनि सम्बन्धित निकायहरूलाई निर्देशन दिएकी छन्।













