स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ
सप्तरी । स्रोत नखुलेको २३ लाख रुपैयाँसहित दुई जना युवक सप्तरीमा पक्राउ परेका छन् । सुरूङगा नगरपालिका–२ स्थित सडकबाट आइतबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरू झापा दमक नगरपालिका–५ का २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाई हुन् ।
इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको टोलीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बा प्रदेश ०१–०२८ च ५००८ नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा उक्त नगद बरामद गरेको थियो ।
प्रहरीले नगदको स्रोत खुल्न नसकेपछि चालक किरण र सवार धिरजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ ।













