जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा
काठमाडौं । सरकारले गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । आन्दोलनमा राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखिएको थियो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले गृह मन्त्रालयको समिती, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयको अध्ययनका आधारमा ४५ जनालाई शहीद घोषणा गरिएको जानकारी दिए ।
उनले थप अध्ययन पछि अन्य व्यक्तिहरूको समावेश गरिने बताए । अब मन्त्रिपरिषद्को निर्णयअनुसार शहीदहरूको नाम राजपत्रमा प्रकाशित गरिनेछ ।













