पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे शाक्य
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सरकारद्वारा गैरकानूनी रूपमा पदबाट हटाइएको भन्दै पुनर्बहालीको माग गरेका छन् ।
उनले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
जेन्जी आन्दोलनपछि कुलमान घिसिङ उर्जा मन्त्री भएपछि गत असोज ५ गतेको निर्णय अनुसार शाक्यलाई कार्यकारी निर्देशक पदबाट हटाइएको थियो । उनको स्थानमा मनोज सिलवाललाई नियुक्त गरिएको थियो ।
शाक्यले उक्त निर्णय र कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका हुन् । उनको रिटको पेशी कार्तिक १८ मा तोकिएको छ । यसअघि पनि शाक्यले कुलमान घिसिङलाई नियुक्त गरेको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । तर, त्यसको फैसला अहिलेसम्म भएको छैन ।













