मंगलबार ताेलामा १४०० रूपैयाँ घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मंगलबार ताेलामा १४०० रूपैयाँ घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । साेमबार स्थिर रहेकाे सुनकाे मूल्य मंगलबार ताेलामा १४०० रूपैयाँ घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँका कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको हो ।


प्रतिक्रिया दिनुहोस्