‘सर्भाइभल’को प्रयासमा नेप्से - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘सर्भाइभल’को प्रयासमा नेप्से



काठमाडौँ । यसअघि दुई दिनमै ६५ अंक बढेर ८ अंकको गिरावट भोगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार भने बढ्ने कि घट्ने भन्ने दोसाँधनमा देखिएको छ ।

विहान प्रिओपन सेसनमा हरियो देखिएको सेयर बजार सुचक त्यसपछिको पौन घण्टामा ज्यादातर समय रातो देखिएको छ । यसबीच परिसूचक २६२५ अंक नाघ्यो र २६१७ अंकसम्म पनि झर्यो तर ११:४५ मा नेप्से करीब डेढ अंकको गिरावटसँगै २६२३ अंकको नजिक पुगेको छ ।

नेप्सेमा घट्ने चाप बढेको देखिन्छ । तर त्यसरी घटिहाल्ने अवस्था भने छैन । मानिसहरु धेरै नै मूल्य घटेर सेयर बेच्न तयार भएका छैनन् । यति बेला नेप्सेमा १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १०५ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १२ कम्पनीको सेयरमूल्य स्थिर देखिएको छ ।

सर्वाधिक महँगिएको धौलागिरि लघुवित्तको सेयरमूल्य ६ प्रतिशतभन्दा ज्यादा बढेको छ भने सर्वाधिक सस्तिएको एक्सेल डेभेलपमेण्ट बैंकको सेयर पनि साढे ६ प्रतिशतभन्दा बढी सस्तिएको छ ।

यो अवस्थामा नेप्से असाध्यै ‘बार्गेनिङ पोजिशन’मा देखिएको छ । यस्तो बेलालाई बजार उकालो लाग्ने कोसिसमा संघर्षरत रहेको रुपले हेर्न सकिने स्टक ब्रोकरहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्