३ आश्विन २०८३, शनिबार

मितेरी डेभलपमेन्ट बैंकको नाफा ६ गुणा बढ्यो, तीन महिनामै कमायो साढे दुई करोड



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको नाफा ६ गुणा बढेको छ । तीन महिनामै बैंकले साढे २ करोड नाफा आर्जन गरेको छ ।

बैंकले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत साउनदेखि असोज मसान्तसम्म आइपुग्दा बैंकले २ करोड ५२ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।यो नाफा गत आवको सोही अवधिको तुलनामा २४२.६६ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ७३ लाख ६१ हजार रुपैयाँ मात्रै थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ७७.२८ प्रतिशत बढेर ७ करोड २९ लाख ६२ हजार रुपैयाँ कायम भएको छ । यता, संचालन नाफामा पनि २४२.६२ प्रतिशतको बढोत्तरी देखिन्छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा ३ करोड ६० लाख ३३ हजार रुपैयाँ कायम भएको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै खुद नाफा उल्लेख्य सुधार आएको हो ।

बैंकको वितरणयोग्य नाफा १७ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । हाल बैंकको प्रतिसेयर आम्दानी ८.२९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.२८ रुपैयाँ कायम भएको छ ।

हाल बैंकको चुक्ता पुँजी १ अर्ब २१ कारेड ७१ लाख रुपैयाँ छ । बैंकको जगेडा तथा कोषमा भने ३४ करोड ८७ लाख रुपैयाँ देखिन्छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप १६.६५ प्रतिशत बढेर ७ अर्ब ५९ करोड १ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह पनि ९.३८ प्रतिशत बढेर ५ अर्ब ६६करोड ३९ लाख रुपैयाँ कायम भएको छ ।