नेप्सेमा दाेहाेराे अंककाे गिरावट, ५ अर्बमा खुम्चियाे काराेबार
काठमाडाैं । मंगलबार पनि सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । हिजाे ८.२४ अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज २७.६४ अंकले घटेको छ ।
यसदिन १.०५ प्रतिसतले घटेकाे सेयर बजार २५ सय ९५ दशमलव २४ विन्दुमा झरेकाे छ ।
नेप्से परिसूचकसँगै आज काराेबार रकम पनि घटेकाे छ । यसदिन ३२२ कम्पनीकाे १ कराेड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर खरिद बिक्रि हुँदा ५ अर्ब १५ कराेड ७ लाख ६८ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे तीन सय ३३ वटा कम्पनीका एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँमा किनबेच भएको थियाे ।
आज सबै समुहका सुचक घटेका छन् । फाइनान्स समुह सर्वाधिक २.२१ प्रतिशतले घटेकाे छ भने अन्य समुह १.८१, विकास बैंक १.४७, जीवन बीमा १.४४, जलविद्युत र निर्जीवन बीमा १.२१ प्रतिशतले घटेका छन् ।
यता घटेकाे बजारमा आज माबिलुङ इनर्जी र फस्ट माइक्रोफाइनान्स लघुवित्त ९ प्रतिशतभन्दा धेरै बढेको छ ।













