थप दुई वटा कम्पनीको २ करोड ८ लाख कित्ता हकप्रद सेयर सूचीकृत, कुनको कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

थप दुई वटा कम्पनीको २ करोड ८ लाख कित्ता हकप्रद सेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । थप दुई बीमा कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलबार एशियन लाइफ र नेपाल इन्स्योरेन्स कम्पनीको दुई करोड ८ लाख ५६ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

एशियन लाइफले ४२ प्रतिशत बापतको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता र नेपाल इन्स्योरेन्सको ४० प्रतिशत बापतको ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्