काठमाडौँका १९ ठाउँमा नि:शुल्क वाइफाइ सेवा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

काठमाडौँका १९ ठाउँमा नि:शुल्क वाइफाइ सेवा



काठमाडौँ । अब काठमाडौँ उपत्यकाका १९ सार्वजनिक स्थलमा नि:शुल्क वाइफाइ इन्टरनेट प्रयोग गर्न सकिने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेटसँग सहकार्य गर्दै वाइफाइ सेवा विस्तार सुरु गरेको हो ।

नयाँ बसपार्क, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भक्तपुर र कीर्तिपुर अस्पताल, पशुपति क्षेत्र लगायतका स्थानमा नयाँ नेटवर्क जडान र क्षमता विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि वीर, टेकु, पाटन, गंगालाल, कान्ति बाल अस्पताल लगायतका ठाउँमा रहेको वाइफाइको गति १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस र प्रति डिभाइसको डाटा सीमा १०० एमबीबाट ५०० एमबी पुर्‍याइएको छ ।

मन्त्री खरेलले पदभार ग्रहणसँगै दुई महिनाभित्र काठमाडौँका मुख्य सार्वजनिक स्थलमा नि:शुल्क वाइफाइ उपलब्ध गराउने लक्ष्य लिएका थिए । अब मन्त्रालयले उपत्यकाबाहिरका दस प्रमुख सहरमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ।

आज मन्त्री खरेलको टोलीले नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन विमानस्थलमा सेवा अनुगमन गर्ने कार्यक्रम तय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्