नेपालबाट पहिलो पटक ४३ टन फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात
काठमाडौं । रुपन्देहीस्थित फूड च्वाइस फुड्स प्रालिले पहिलो पटक ४३ हजार ५२० किलो (दुई कन्टेनर) फ्रोजन फ्रेन्च फ्राइज अमेरिकामा निर्यात गरेको छ । अमेरिकी कम्पनी जेन्टको एलएलसीलाई गरिएको निर्यातको मूल्य करिब ५४ लाख ८८ हजार रुपैयाँ छ ।
भैरहवा भन्सार कार्यालयका अनुसार यो नेपालमा उत्पादित खाद्य वस्तुले प्रतिस्पर्धात्मक अमेरिकी बजारमा प्रवेश गरेको पहिलो पटक हो । यसले नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशीलता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
यो निर्यातले थप नेपाली उत्पादनलाई विश्वबजारमा विस्तार गर्ने ढोका खोल्ने अपेक्षा गरिएको भन्सार कार्यालयले जनाएको छ निर्यात प्रवद्र्धन र प्रक्रियागत सहजतामा सुधार गर्दै निजी क्षेत्र र नियामक निकायसँग सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।













