१० श्रावण २०८३, आइतबार

स्टार्टअप कर्जाका लागि आवेदन खुल्यो



काठमाडौँ । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि योग्य उद्यमीबाट परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना प्रकाशित गर्दै इच्छुक उद्यमीहरूलाई आवेदन दिन २१ दिनको समयसीमा तोकेको छ ।

कार्यविधिअनुसार आवेदन दिन इच्छुक उद्यमीले सम्बन्धित क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको हुनुपर्नेछ। आवेदन तोकेको ढाँचामा अनलाइनमार्फत् पेश गर्न सकिनेछ।