न्यूयोर्क सहरले पायो पहिलो मुस्लिम मेयर, ३४ वर्षीय ममदानीको ऐतिहासिक विजय
काठमाडाैं । अमेरिकाको सर्वाधिक जनसङ्ख्या भएको न्युयोर्क सहरको मेयरमा जोहरान ममदानी निवार्चित भएका छन् ।
३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै सहरको पहिलो मुस्लिम मेयर बन्न सफल भएका हुन् ।
यो विजय ८४ लाखभन्दा बढी जनसंख्या भएको सहरका लागि ऐतिहासिक मानिन्छ, जुन आर्थिक र सांस्कृतिक दृष्टिले अन्तर्राष्ट्रिय महत्त्व बोकेको शहर हो।
मामदानी उक्त सहरको नेतृत्व गर्ने पहिलो मुस्लिम, पहिलो दक्षिण एशियाली मूलका व्यक्ति र पहिलो अफ्रिकामा जन्मिएका व्यक्ति बनेका छन्।
स्वयंलाई लोकतान्त्रिक समाजवादी भनेर परिचय दिने मामदानी केही महिनाअघि मात्रै तुलनात्मक रूपमा अपरिचित थिए।
उनी धनीहरूमा कर लगाएर सामाजिक कार्यक्रमहरू विस्तार गर्ने नीति लिएका उनले निःशुल्क बाल हेरचाह, निःशुल्क बस सेवा र करिब १० लाख भाडा–नियन्त्रित न्यूयोर्कवासीहरूलाई प्रभावित गर्ने स्थिर भाडा नीति सहितका योजनाले उदारवादी मतदाताहरूको समर्थन आकर्षित गरेका हुन्।
जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी एक शताब्दीभन्दा बढी समयमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्नेछन्।













