आगलागीबाट ५ करोड बढीको क्षति
काठमाडौं । गत असोज महिनामा आगलागीबाट ५ करोड बढीको क्षति भएको छ ।
नेपाल प्रहरीले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को असोज महिनामा देशभर आगलागीबाट भएको क्षति विवरणले यस्तो देखाएको हो । असोजमा देशभर ५ करोड १४ लाख ७ हजार १०० रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार ५३ वटा घर र १९ वटा गोडमा क्षति पुगेको छ भने २० वटा चौपायामा क्षति पुगेको छ ।
प्रहरीका सबैभन्दा धेरै कोशी प्रदेशमा ४२ वटा, मधेशमा ४० वटा, लुम्बिनीमा ३० वटा, गण्डकी र सुदुरपश्चिमा १८–१८, उपत्यकामा १६, कर्णालीमा १२ र बागमतीमा ९ वटा आगजानी सम्वन्धी घटना भएका छन् । घटनामा १ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।













