एनआरएन इन्फ्रास्ट्रक्चरको सीइओमा फूयाल, आजैदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा निरन्जन फूयाललाई नियुक्त भएका छन् ।
कात्तिक १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले फूयाललाई सीइओमा नियुक्ति गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ । कम्पनीका अनुसार आजै अर्थात् कात्तिक १९ गतेदेखि नै लागू हुनेगरि सीइओको जिम्मेवारी सम्हाल्नेछन् ।











