दरमखोला हाइड्रो इनर्जीको आइपीओ सूचीकृत, भोलि कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १ करोड ३ लाख ५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले कुल १ करोड ३ लाख ५ हजार कित्ता सेयर सूचीकृत गराएको हो । यसमध्ये सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको ३९ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ६३ लाख ५५ हजार कित्ता छ ।
कम्पनीको सेयर भोली अर्थात कात्तिक २० गतेको स्पेशल प्रि ओपन सेसनमा कारोबारहुने छ । त्यसपश्चात नियमित बजारमा कारोबार हुनेछ ।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई १४२ रुपैयाँ ८१ पैसादेखि ४२८ रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । कम्पनीको सेयर डिएचईएल नामबाट कारोबार हुनेछ ।













