पोखरा सहकारीको ८८ करोड ७० लाख अपचलन, अध्यक्षसहित ७ जना पक्राउ
काठमाडौं । पोखरास्थित पोखरा बचत तथा ऋण सहकारीमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङसहित सात जना पक्राउ परेका छन् ।
सहकारीको रकम व्यवस्थापक, कर्मचारी र पदाधिकारीहरूको मिलेमतोमा व्यक्तिगत स्वार्थका लागि हिनामिना गरिएको गण्डकी प्रदेश सहकारी रजिस्टारको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
कृत्रिम ऋण र पेश्की खातामार्फत रकम निकासी, सदस्य र ऋणी ठगी, तथा ऐन विपरित कार्यहरूको तथ्य प्रतिवेदनमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिएका व्यक्तिहरूलाई म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।













