२६ सय बिन्दुमा उक्लियो नेप्से, कारोबार भने साढे ५ अर्बमा खुम्चियो
काठमाडौं । दुई दिनपछि सेयर बजारमा दाेहाेराे अंककाे सुधार देखिएको छ । सोमबार र मंगलबार घटेको सेयर बजार मापक नेप्से परिसूचक आज १२.१७ अंकले बढेर २६ सय ७ दशमलव ४२ बिन्दुमा बन्द भएको छ ।
नेप्से परिसुचक बढेपनि यसदिन कारोबार रकम भने घटेको छ । आज ३१२ कम्पनीको ९० लाख १८ हजार ८१० कित्ता सेयर खरिद बिक्रि हुँदा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रूपैयाँको कारोबार भएको छ ।
हिजो ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर खरिद बिक्रि हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रूपैयाँको कारोबार भएको थियो ।
यसदिन हाेटल तथा पर्यटन र म्युच्युअल फण्ड समुह बाहेक सबै समुहकाे सेयर बढेका छन् । आज फाइनान्स समुह सर्वाधिक ३.४१ प्रतिशतले बढेकाे छ ।
आज माबिलुङ इनर्जीको सेयर मूल्य ९.९९, उन्नती सहकार्य लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९.९६ र नेपाल फाइनान्सको ९.२३ प्रतिशत बढेको छ ।













