कालिका लघुवित्तले तीन महिनामा कमायाे २ कराेड नाफा, वितरणयाेग्य मुनाफा कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कालिका लघुवित्तले तीन महिनामा कमायाे २ कराेड नाफा, वितरणयाेग्य मुनाफा कति ?



काठमाडाैं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन महिनामा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा १९.६३ प्रतिशत धेरै हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३१.२३ प्रतिशत वृद्धि भई १० करोड ८७ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि १९.४५ प्रतिशत बढेर २ करोड ९० लाख १३ हजार रुपैयाँ पुगेको छ ।

यस्तै वितरणयोग्य मुनाफा ९६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४२ पैसा रहेको छ। यता, १९१ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात ५०.८५ गुणा रहेको छ।

४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३७ करोड ३० लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तले ४ अर्ब २६ करोड १७ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रतिक्रिया दिनुहोस्