मितेरी डेभलपमेन्ट बैंककाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडाैं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ ।
कात्तिक २३ गते मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले बुक क्लोज गर्ने भएकाले आज कात्तिक २० गते यस बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। आगामी मंसिर ६ गते धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि शुरू हुने २०औं वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गर्नेछ ।
यस्तै उक्त साधारणसभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक काम गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।













