१० श्रावण २०८३, आइतबार

तीन प्रदेशमा आज पनि वर्षा र हिमपातको सम्भावना



काठमाडाैं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशका तराई भू-भागका विभिन्न स्थानहरूमा छिटपुट वर्षा भएको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहने ‍पूर्वानुमान छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा दिउँसो हल्क वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।


प्रतिक्रिया दिनुहोस्