कृषि विकास बैंककाे लाभांश घाेषणा, नगद र बाेनस कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कृषि विकास बैंककाे लाभांश घाेषणा, नगद र बाेनस कति ?



काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांशमध्ये ३.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

यसका साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्