खुद ब्याज आम्दानी बढेपनि घट्यो एनएमबि बैंकको नाफा, इपिएसमा गिरावट
काठमाडौं । एनएमबि बैंकको नाफामा गिरावट आएको छ । बैंकले तीन महिनामा साढे ९१ करोड रुपैयाँ खुद नाफा कमाएको देखिएको छ ।
शुक्रबार बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकको खुद नाफा २०.०४ प्रतिशत घटेर ९१ करोड ५९लाख ८३ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको असोज मसान्तसम्म बैंकले १ अर्ब १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता, बैंकको संचालन नाफामा पनि १४.३१ प्रतिशत गिरावट आएको छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा १ अर्ब४९ करोड ८४ लाख रुपैयाँ कायम भएको छ ।
तर, बैंकको खुद ब्याज आम्दानी भने ४.४९ प्रतिशत वृद्धि भई २ अर्ब २४ करोड ७२ लाख रुपैयाँ कायम भएको छ । बैंकको इम्पेरमेन्ट चार्ज बढेर ७१ करोड ३९ लाख ६२ हजार रुपैयाँ कायम भएको छ । विशेषगरि बैंकको संचालन नाफामा गिरावट र इम्पेरमेन्ट चार्ज बढेपछि नै खुद नाफामा प्रभावित भएको हो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । बैंकको खराब कर्जा पनि बढेर ४.५८ प्रतिशत पुगेको छ ।
हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने १४ अर्ब २६ करोड ३६ लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप ३.४५ प्रतिशत बढेर २ खर्ब ९० अर्ब ६० करोड ५३ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह भने २.४४ प्रतिशत बढेर २ खर्ब ३४ अर्ब करोड ३१ लाख रुपैयाँ कायम भएको छ ।
हाल बैंकको प्रतिसेयर आम्दानी १९.९५ रुपैयाँ छ । जबकि, गत आवको पहिलो त्रैमासमा यस्तो आम्दानी २४.९५ रुपैयाँ थियो । यता, प्रतिसेयर नेटवर्थ १७८.६४ रुपैयाँ कायम भएको छ ।













