सुधारिँदै एनआइसी एशिया बैंक, दोहोरो अंकमा बढ्यो नाफा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुधारिँदै एनआइसी एशिया बैंक, दोहोरो अंकमा बढ्यो नाफा



काठमाडौं । एनआइसी एशिया बैंकको वित्तीय सूचकहरुमा सुधार देखिएको छ । बैंकको नाफा दोहारो अंकमा वृद्धि भएको देखिन्छ ।

बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको पहिलो तीन महिनामा बैंकले १२ करोड २१ रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने १०.५२ प्रतिशत धेरै हो । गत आवको असोज मसान्तमा बैंकले ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, बैंकको संचालन नाफा पनि दोहोरो अंकको बढोत्तरी देखिएको छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा ११.३० प्रतिशत बढेर १९ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको पहिलो त्रैमासमा बैंकको यस्तो नाफा १७ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ । ती महिनामा बैंकको यस्तो आम्दानी २ अर्ब २८ करोड ६० लाख रुपैयाँ कायम भएको ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ लाख रुपैयाँ छ । हाल बैंकको प्रतिसेयर आम्दानी ३.२१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९८.७४ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्