नाफा घटे पनि प्राइम बैंकको सञ्चालन मुनाफा र ब्याज आम्दानीमा वृद्धि
काठमाडौं । प्राइम कमर्सियल बैंककाे नाफामा सामान्य गिरावट आएको छ । तीन महिनामा बैंकले १ अर्ब २५ करोड ८४ लाख नाफा कमाएकाे छ ।
यस अवधिमा बैंककाे खुद नाफा २.२० प्रतिशत घटेको छ। बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्ताे देखाएकाे हाे ।
गत आवको असोज मसान्तसम्म बैंकले १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे ।
समिक्षा अवधिमा बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा भने बढेकाे छ । यस अवधिमा बैंककाे सञ्चालन मुनाफा १३.५४ प्रतिशत र खुद ब्याज आम्दानी ३.२४ प्रतिशत बढेकाे छ ।
असाेज मसान्तसम्म बैंककाे सञ्चालन नाफा २ अर्ब ७ करोड ५८ लाख र खुद ब्याज आम्दानी २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ पुगेको छ।
गत आवको असोज मसान्तमा बैंकको सञ्चालन नाफा भने १ अर्ब ८२ करोड ८३ लाख र खुद ब्याज आम्दानी २ अर्ब ३३ करोड १८ लाख रुपैयाँ रहेकाे थियाे ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.८६ प्रतिशतबाट बढेर ५.८६ प्रतिशत कायम भएको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) २६.५३ रुपैयाँबाट घटेर २५.९४ रुपैयाँमा झरेको छ।
चुक्ता पूँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४ करोड ४६ लाख रुपैयाँ र रिजर्भ कोषमा १२ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ सञ्चिति रहेको छ।













