नेपाल एसबिआई बैंककाे नाफा ५० करोड १५ लाख माथि, इपिएस कति ?
काठमाडौं । नेपाल एसबिआई बैंककाे नाफा दाेहाेराे अंकले घटेकाे छ । तीन महिनामा बैंकले ५० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षकाे यसै अवधिकाे तुलनामा बैंककाे खुद नाफा ३८.४३ प्रतिशत घटेकाे छ । नेपाल एसबिआई बैंक लिमिटेडले आजै प्रकाशित गरेको वित्तीय विवरणले यस्ताे देखाएकाे हाे ।
गत आर्थिक वर्षबाे तीन महिनामा बैंकले ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
नाफासँगै बैंकको खुद ब्याज आम्दानी पनि घटेकाे छ । गत आवको असोज मसान्तसम्म बैंकले १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकाे बैंकले यस अवधिमा १ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ।
यस्तै बैंकको सञ्चालन मुनाफा १ अर्ब २१ करोड ३० लाख रुपैयाँबाट घटेर ७१ करोड ५७ लाख रुपैयाँमा झरेको छ ।
यता बैंककाे प्रतिशेयर आम्दानी पनि २९.९० रुपैयाँबाट घटेर १८.४१ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १९३.१६ रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा १.८४ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत कायम भएको छ।
चुक्ता पूँजी १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ र रिजर्भ कोषमा ८ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ।
यस अवधिमा बैंकले १ खर्ब ३८ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेकाे छ ।













