कस्तो छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा भारी गिरावट आएको छ । तीन महिनामा बैंककाे नाफा ९६.९२ प्रतिशतले घटेकाे छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्म वित्तिय विवरण अनुसार समिक्षा ववधिमा बैंककाे नाफा साढे ४ कराेड रूपैयाँमा सिमित भएकाे छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको नाफा १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ रहेको थियो ।
यस्तै स अवधिमा बैंककाे सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी पनि घटेकाे छ । असोज मसान्तसम्म बैंककाे सञ्चालन मुनाफा १५ करोड २ लाख रुपैयाँ र खुद ब्याज आम्दानी ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा बैंककाे सञ्चालन मुनाफा २ अर्ब ९ करोड ४१ लाख र खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।
यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । खराब कर्जा समेत ५.८२ प्रतिशतबाट बढेर ६.६३ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १७.१६ रुपैयाँ बाट ०.५३ रुपैयाँमा खुम्चिएको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ छ ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा१ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।













